
भद्रपुर, ५ माघ । पूर्वी नाका काँकरभिट्टाबाट आलु आयात बढेको छ । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार ४५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिनुभयो ।
काँकरभिट्टा नाकाबाट गत वर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने र पहाडमा पनि मौसमी रुपमा आलु खेती हुने गरेकाले आलुको आयत बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



