
झापा, ९ माघ । नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब रुपैयाँ बराबरको देखिएको छ। चालू आर्थिक वर्षको ६ महिनामा अर्थात् पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।
गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



