
झापा, १८ माघ । विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।
राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत) बाट प्रतिदिन ३ लाख रुपियाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।
त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपियाँसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपियाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।
साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपियाँसम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपियाँ मात्रै पठाउन सकिन्थ्यो । ँँप्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



