
सुरुङ्गा, १ फागुन । २८ औं जनयुद्ध दिवसको असवरमा नेकपा माओवादी केन्द्र कनकाईले पुर्वको पवित्र कनकाई माई नदी र कनकाई घाट क्षेत्रको सरसफाई गरेको छ ।
माओवादी केन्द्र कनकाईको आयोजनामा कनकाई माई नदी परिसरको कनकाई घाट क्षेत्रको सरसफाई गरिएको कनकाई माओवादी केन्द्रका अध्यक्ष यामनाथ सेडाइँले बताउनुभयो ।
२०५२ साल फागुन १ गते आजैका दिनबाट माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो । उक्त दिनलाई माओवादीले आफ्नो जनयुद्धको दिवशका रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
सरसफाई कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले माओवादी आन्दोलनको जगमा यी सबै व्यावस्थाको स्थापना भएको भन्दै माओवादी सेनाले जनयुद्धको सुरुवात गरेर गणतन्त्र, संघियता लगायतका व्यवस्था गर्नुको साथै २४० बर्षे जहानिया राजाको शासनको अन्त्य गरेको बताउनुभयो ।
माओवादीहरुले हिजो राजतन्त्र फ्याल्नका लागि आन्दोलन गरेको स्मरण गर्दै आजका दिनमा सामाजिक कुरीति कुसस्कारको अन्त्यका लागि आगामी दिनमा लागिपर्ने बताउनुभयो ।
सरसफाई अभियानमा माओवादी केन्द्रका नेतृ तथा संविधानसभा सदस्य बर्षा साम्पाङ्ग माओवादी केन्द्रका प्रदेश सदस्य गोपाल प्रसाई, नगर उपाध्यक्ष दिलिप घतानी, रामबहादुर थापा, सचिव विष्णु बिमली प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली लगायत दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । माओवादी केन्द्रको यस अभियानले कनकाई नदी र कनकाई घाटको सरसफाई गरेको थियो ।
यसैबीच, दिवसको पूर्वसन्ध्यामा झापाको भद्रपुरमा आइतबार बेलुका दीप प्रज्ज्वलन गरिएको थियो । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



