
झापा, २३ फागुन । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९–८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको हो । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।
असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रुपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २ ९ करोड रुपैयाँ थियो । ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । ‘पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो’, गिरीले भने, ‘केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



