

प्रकाश उप्रेती
मेचीनगर, ४ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोख्रेलले जनताको मुद्दा, सडक र सदनलाई ब्यवस्थित गर्ने अभियान लिएको आएको बताएका छ्न् ।
“संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान” को उद्घाटनपछि सम्बोधन गर्दै स्कुल बिभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले त्यस्तो बताएका हुन् । जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको जानकारी दिदै जनताको बीचको टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए । ‘प्रत्येक नागरिकको स्वतन्त्रता छ’, नेता नेता पोख्रेलले भने, ‘नागरिकबिचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरीत्र सच्चिन जरुरी छ ।’

संबिधान सभा सदस्य पोख्रेलले उत्पीडनमा परेका, बिभेदमा रहेका मात्रै होइन नागरिकको दैनिक जिवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादीका कार्यकर्ता तयार हुनसमेत निर्देशन गरेका थिए । वर्तमान राजनीति अवस्थाको बारेमा सहभागीलाई स्पष्ट पार्दै भने, ‘अभियानपछि माओवादी केन्द्र पहिलो पार्टी बन्छ, टुक्रिएका माओवादी घटक पार्टीहरु एक हुने अवस्थामा छ्न्, त्यस कारण पनि आउने निर्वाचनबाट पहिलो पार्टी हुने निश्चित छ’, प्रतिगामी शक्तिलाई परास्त गर्न जनताबाट आएको उपलब्धिलाई सिरोधार्य गर्दै पार्टीले रूपान्तर खोजेको उनको भनाई थियो ।
बिश्व समाजबादको अवस्थामा छ उनले भने, ‘विश्वबाट नेपालले नसिक्ने प्रश्न गर्दै नेता पोख्रेलले समाजवादलाई केन्द्रित गरेर नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रबाट ‘माओबाद’को अस्तित्व रक्षा गर्न समेत आग्रह गरे । माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् कृषिमन्त्री झलकसिंह दर्लामीले जनताबीच बिश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको स्पष्ट पारे । नेपालमा नयाँ संबिधान निर्माणपछि प्राप्त उपलब्धिलाई र शान्ति प्रक्रियालाई संस्थागत वर्तमान सरकार एक ठाउँमा रहेकोसमेत जानकारी दिए ।
कार्यक्रममा प्रदेश (ख) मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायत नगर र गाउँपालिकाका अध्यक्ष र इन्चार्जले पार्टी अवस्था, जनगुनासो र प्रतिवद्द्ता व्यक्त गरेका थिए । मेचीनगरका अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेश गरेका थिए । ज्योतिसिह दर्लामीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा इन्दिरा कार्कीले स्वागत र सुरेश बराइलीले संचालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



