
बिर्तामोड, ०६ चैत्र । झापाको विर्तामोड स्थित कनकाई आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका किरण गुरुङ निर्वाचित भएका छन् ।
नेविसंघका सभापति तर्फ किरण गुरुङले ७६५ मत ल्याउँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका पुकार न्यौपानेले १२५ मत र अखिल क्रान्तिकारीका लक्ष्मण थापाले ३२ मत प्राप्त गरेका थिए ।
नेविसंघका सभापतिका उम्देवार गुरुङले ६४० मत अन्तरले सभापतिमा विजयी भएका हुन् । भारी मतान्तरले उनको प्यानल नै निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा बिमल कट्टेल , कोषाध्यक्षमा सम्पदा पोख्रेल निर्वाचित भएका हो । त्यस्तै सदस्यहरुमा कुशल खनाल, रोशन , इशान ओलि , दिब्यकला कार्की ,
साजन लिम्बू , बिदान थेबे लिम्बु , रोहित काफ्ले, मनिस कोइराला निर्वाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



