
बिर्तामोड, ०६ चैत्र । झापाको विर्तामोड स्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् ।
नेविसंघका सभापति तर्फ दाहालले ३९० मत ल्याउँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका निर्मल विश्वकर्मले २३७ मत पाएका छन् भने अखिल क्रान्तिकारीका सुरेन्द्र गिरीले १९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा श्रीजित ढुङगाना, कोषाध्यक्षमा शितल गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका आकाश थापा र उज्जवल घिमिरे निर्वाचित भएका छन् भने नेविसंघका रविन खड्का, विन्दा तामाङ्ग , ज्ञान बहादुर फत्र, पवन अधिकारी, समिक्षा आचार्य सदस्यमा निवाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



