
झापा, २० चैत । तीन जिल्लामा बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज राजनीतिक दलहरूले आ–आफ्नो उम्मेदवारको मनोनय दर्ता गर्न लागेका हुन्।
चितवन–२ मा कांग्रेसको तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने जनाइएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए । तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



