
झापा, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्नेछ । स्पष्टीकरण दिउँसो १ बजे स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रविले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने न्यौपानेले बताए । रविको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने बताइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



