
झापा, ९ जेठ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले सोमबार तीन वटा निर्णय गरेको छ ।
बैठकले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाइ जानकारी गराउनु भएको छ ।
त्यस्तै, प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



