
झापा, १४ जेठ । नेपाली कांग्रेस झापाले विभागीय समिति गठनको कार्यलाई अघि बढाएको छ ।
आगामी जेठ २५ गतेभित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउन लागिएको पार्टी सभापति देउकुमार थेवेले जानकारी दिनुभयो । क्षेत्रीय सभापतिले मातहतका पार्टी इकाई समितिहरुसंग छलफल गरी विषय विज्ञताका आधारमा विभागमा मनोनित हुने सदस्यहरुको नामावली लिखित रुपमा पेश गर्नुपर्ने उहाँले बताउनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



