
बिर्तामोड, ४ असार । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित हुनुभएको छ ।
भट्टराई विगत १२ बर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गर्नुभएको हो । नेपाल किसान महासंघको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



