
झापा, १६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरूलाई कटाक्ष गरेका छन् । असार १५ मा फोटो सेसनका लागि खेतमा पुग्ने नेताहरूलाई कटाक्ष गर्दै उनले ‘नेताज्यूहरूले यसरी नै, वर्षभरि नै धान रोपिदिनुभयो भने, तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’ भनेका छन्।
२०औँ धान दिवसको अवसरमा शुक्रकार विभिन्न दलका नेताहरू औपचारिक कार्यक्रमका साथ धान दिवस मनाउन खेतमा पुगेका थिए। पत्नी राधिका शाक्यसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र रास्वपाका अन्य सांसदहरू, कृषिमन्त्री वेदुराम भुसाललगायत नेताहरू असार १५ मनाउन किसानका खेतमा गएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



