
झापा, ४ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी) ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि झिकेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभयो ।
एनएमसीले केही दिन यता आफ्ना सदस्यको खाताबाट रु ७०० कल्याणकारी कोषमा योगदान स्वरुप झिकेको जानकारी गराएपछि सदस्यहरु असन्तुष्ट भएका थिए । उप्रेतीले उक्त कोष बारेमा भविष्यमा सदस्यहरुसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तो छ विज्ञप्ति

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



