
भद्रपुर,६ साउन । ४१ औं विपि स्मृति दिवशको अवसर पारेर चन्द्रगढीमा विपिको समाजवाद स्मरण गर्दै प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित विपि चौकमा रहेको शालिकमा माल्यार्पण गर्दै विपिको विचार बारे चर्चा परिचर्चा सम्पन्न गरिएको हो ।
नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, प्रदेश सभा सदस्य गोपाल तामाङ, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, तरूण दल क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू, महिला संघकी क्षेत्रीय सभापति उर्मिला गौतम लगायतले विपिको विचार बारे धारणा राखेका थिए ।
महाधिवेशन प्रतिनिधि भूमादेवी घिमिरेले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध अग्रजहरूको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



