
झापा, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सहसंयोजकमा सगुनकुमार लावतीलाई जिम्मेवारी दिइएको छ । पार्टीका प्रवक्तासमेत रहेका उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आज सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरेका छन् ।
नविन राप्रपा अवधारणा अन्तर्गत संगठन विस्तारलाई प्राथमिकता दिएको राप्रपाले देशभर नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टीलाई चलायनमान बनाउन खोजेको छ । राप्रपाले पालिका तहसम्म जिम्मेवारी तोकेर आफ्नो गतिविधि गर्दै आएको छ । राप्रपाको कोशी प्रदेश संयोजकमा उपाध्यक्ष रोशन कार्की रहेकी छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



