
झापा, ९ भदौ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा जैसी पुनः निर्वाचित भएका हुन् ।
मञ्चको उपाध्यक्षमा ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी निर्वाचित भए। मञ्चको महासचिवमा कुन्छा दोर्जे दिमदोङ निर्वािचत भएका छन्। सचिवमा बासु पुडाशिनी, कोषाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन्। मञ्चको सदस्यमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, वीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल चयन भएका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यमा सम्पन्नमा कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका थिए । २०६४ सालमा स्थापना भएको संस्थाले पहिलो पटक साधारण सभा तथा अधिवेशन गरेको हो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



