
झापा, २४ भदौ । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ । यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।
स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्िडयन आयल कर्पोरेसन ९आइओसी० ले गरिरहेको छ ।
निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधारनिर्माणको काम अगाडि बढिरहेको उनले जानकारी दिए ।
दोस्रो चरणको काम अन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर० लगायत भौतिक संरचनाको निर्माण भइरहेको उनले जानकारी दिए । पूर्वाधार निर्माण सम्पन्न भएपछि पेट्रोल र मटितेल पाइपलाइनबाट आयात गरिने उनले जानकारी दिए । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ ।
डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट व्रmमशः डिजेल, मटितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



