
झापा, २५ भदौ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको कर्जा मिनाह गरेको छ ।
मोरङको पथरी सेवा केन्द्र अन्तरगत दिवंगत भएका शेयर सदस्यको दुई लाख रुपैयाँ भन्दा बढी कर्जा मिनाह गरेको हो । संस्थाका शेयर सदस्य नवराज चौहानको भदौ १३ गते निधन भएपछि उनले संस्थालाई तिर्नु पर्ने २ लाख १५ हजार ६२३ रुपैयाँ कर्जा मिनाह गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाको पथरी सेवा केन्द्रबाट नियमित कारोबार गर्दै आएका सदस्य चौहानले संस्थासँग ३ लाख रुपैयाँ कर्जा लिएका थिए । उनले अन्य रकम तिरे पनि बाँकी रहेको उक्त रकम संस्थाले मिनाह गरिदिएको हो । आज संस्थाका सल्लाहकार घनश्याम न्यौपाने, स्थानीय समाजसेवी टंक भण्डारी तथा पथरी सेवाकेन्द्र प्रमुख सौरभ भण्डारीले मृतक सदस्य चौहानको परिवारलाई समवेदना सहित कर्जा मिनाह गरिएको पत्र हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



