
झापा, ३ असोज । मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ ।
मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको भाटभटेनीले झापा बिर्तामोडस्थित भगवान चोकमा असोज ४ गते (बिहीबार) देखि सञ्चालनमा आउने भएको हो ।
बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेससहित सञ्चलनमा आउन लगेको हो । २ अर्ब बढी लागानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो ।

यसअघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसकेको छ । स्वदेशी तथा बिदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्बी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगएत पूर्बी नेपालकै आर्थिक तथा प्रयटकिय गतिबिधि समेत बढ्ने देखिन्छ ।
उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनि यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।
भाटभटेनि व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेकोहुदाँ हाल सम्म करीव दश हजार बढीले प्रतक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगर प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन ।
आसोज ४ गते बिहीबारबाट संचालनमा आउने सुपर स्टोरको लागि सम्पुर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुबिधाहरु रहने भट्भटेनीले जनाईएकोे छ । बिर्तामोडमा २६औ स्टोर संचालनमा आएपश्चात झपाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



