
झापा, ६ असोज । आफ्नो २६ औं स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेदेखि सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ ।
समुदघाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति पाएको भट्भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्साहजनक उपस्थिति रहेको छ । झापालि जनताको उत्सहजनक साथ पाएको भाट्भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महनुभावहरुले स्टोरप्रति देखाउनु भएको माया तथा विश्वासका लागि हृदयदेखि नै कृतज्ञता तथा आभार ब्यक्त गर्दै भाटभटेनी परिवार गौरवन्वित भयेको जनाएको छ ।

बिर्तमोड लगायत आम झापाली उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशत सम्मका छुटको सुबिधाहरु अर्को सुचना नआउँदा सम्मका लागि यथावतनै रहने जानकारी गराएको छ ।
साथै, आगामी दिनहरुमा समेत आम उपभोक्ताहरुको यस्तै साथ र विश्वास र हौसलाको अपेक्षा रहने जनाएको छ । १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित सञ्चालनमा आएको यो स्टोरमा २ अर्ब बढी लागानी भएको जनाइएको छ । यो स्टोर कोशी प्रदेसको चौथो तथा झपा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



