
झापा, ७ असोज । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाई अंकित मेडालियन सिक्का सार्वजनिक गरेको छ ।
बैंकले दुई किसिमका चाँदीका सिक्का सार्वजनिक गरिएको हो । ती सिक्का १० ग्राम र २५ ग्रामका छन् । राष्ट्र बैंकको टक्सार महाशाखाले पुराना मेशिनहरुलाई मर्मत सम्भार गरी मुद्रणसम्बन्धी काम सुरु गरेको छ । जसमा नयाँ सिक्का आज सार्वजनिक गरिएको हो । १० ग्राम सिक्काको १६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्या निर्धारण भएको छ। दुवै सिक्का ९९९ टचको चाँदीको प्रयोग भएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



