
झापा, १२ असोज । झापाको बिर्तामोड–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले विद्यालयलाई सिलिङ फेन (पंखा) प्रदान गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत मेचीनगर–८ स्थित आदर्श आदर्श मावि इँटाभट्टालाई पाँच थान सिलिङ फेन प्रदान गरेको हो । संस्थाका सञ्चार तथा प्रकाशन उपसमिति सदस्य कल्पना कडरिया र इँटाभट्टा सेवा केन्द्र प्रमुख मनिषा तिम्सिना लगायतले पंखा हस्तान्तरण गर्नुभएको थियो ।
्
संस्थाले पंखा प्रदान गरेकामा विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रअ हेडम्बर निरौला, अभिभावक टिकाराम रिजाल, शिक्षक लम्बोदर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



