
बिर्तामोड, २० असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको राम जानकी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा कात्तिक २ गते हुने भएको छ ।

संस्थाको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले कात्तिक २ गते १५ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिनुभयो । संस्थाको असोज ३० गते सबै सेवा केन्द्रहरुमा एकै पटक इकाइगत साधारण सभा सम्पन्न भई कात्तिक २ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला हुने उहाँले बताउनुभयो ।
असोज ३० गते संस्थाको सुरुङ्गा, हल्दिबारी, बिर्तामोड, चकचकी, कामाटोली, शनिश्चरे, माइधार र चन्द्रगढी सेवा केन्द्रमा इकाइत साधारण सभा हुने भएको हो । बिहान १० बजेदेखि ३ बजेसम्म ती सेवा केन्द्रहरुमा प्रतिनिधि छनोट गरिने व्यवस्थापक भण्डारीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



