
झापा, २१ असोज । झापाको हल्दिबारीमा मुख्य कार्यालय रहेको सतलोक बहुउद्देश्यीय सहकारी संस्था लि.ले ऋणी सदस्यको कर्जा वापतको पाँच लाख रुपैयाँ ऋण मिनाहा गरेको छ ।
ऋणी सदस्य कन्काई–३ सुरुङ्गा निवासी अमितकुमार राजवंशीको भदौ ३० गते मृत्यु भएपछि उनले संस्थाबाट लिएको पाँच लाख कर्जा मिनाहा गरिएको हो । ऋण मिनाहासँगै काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ परिवारलाई प्रदान गरिएको संस्थाका अध्यक्ष रघुनाथ सुबेदीले जानकारी दिनुभयो ।
बिमा दाबी भुक्तानी गार्डियन माइक्रो बिमा कम्पनीले बिर्तामोडमा एक कार्यक्रमका बीच बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल, बिर्तामोड नगरपालिका वडा–४ का वडाध्यक्ष राहुलकुमार शर्मा, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख महेश निरौलालगायतको उपस्थितिमा डिजिटल माध्यमबाट बिमा दाबी भुक्तानी गरी सहकारीका अध्यक्ष सुवेदीलाई हस्तान्तरण गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



