
झापा, २५ असोज । इजरायलमा रहेका नेपालीलाई आज राति ल्याइने भएको छ । नेपाली लिन इजराइल गएको नेपाल एयरलाइन्सको विमान आज राति ९ बजे काठमाडौं अवतरण गर्ने भएको छ। हिजो राति पुगेको ए ३३० विमान नेपाली विद्यार्थी लिएर काठमाडौं फर्कने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
प्लोस्टाइन विद्रोही समूह हमासले असोज २० गते इजरायलका विभिन्न स्थानमा आक्रमण गर्दा १० नेपालीको मृत्यु भएको थियो भने सो क्षेत्रमा रहेका ५० भन्दा धेरैको उद्धार भएको थियो । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।
इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको कारण ज्यान गुमाएका नेपालीको शव ल्याउन भने ढिलाइ हुने देखिएको छ । युद्धको अवस्थामा इजरायलले शव हस्तान्तरण गर्ने कानुनी प्रक्रिया लम्बिने देखिएकाले शव ल्याउन ढिलाई हुने प्रवक्ता लम्सालले बताइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



