
बिर्तामोड, १ कात्तिक । झापाको बिर्तामोड नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रीएको, अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकाले नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको हो । बजार अनुगमनलाई निरन्तरता दिँदै आज बिर्तामोडका विभिन्न स्थानमा अनुगमन गरिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो ।
उप प्रमुख संग्रौलाको नेतृत्वमा निस्किएको अनुगमन टोलीले भद्रपुर रोडमा रहेका खाद्यन्न तथा किराना पसल, हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्ट स्टोर, लगायत कृषिथोक बजार भित्र रहेको तरकारी पसल र माछा मासु पसलको अनुगमन गरेको छ । टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रिएका सामाग्री नष्ट गर्न, नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्न र माछा मासु पसलहरुलाई सफा र स्वच्छ राख्न निर्देशन दिइएको छ।
आज भएको अनुगमनमा नगर उप प्रमुख संग्रौलासहित वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, संगीता सिवा, वडा नम्बर ५ का वडा सदस्य दुर्गाप्रसाद सिवाकोटी, वडा नम्बर ४ का वडा सदस्य उमेश राउत, नगरको राजश्व शाखा प्रमुख पदम घिमिरे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष मदन गोपाल सुव्वा, कृषिथोक बजार व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद पौडेल, प्राविधिक दिव्या सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका राजु गौतम लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाले यस अघि बिर्तामोड क्षेत्र भित्र रहेको पेट्रोल पम्प र बिर्ताबजार क्षेत्रको किराना पसल, माछा मासु पसलको अनुगमन गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



