
झापा, १७ माघ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।
नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो । दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १ बलअगावै १ सय ६९ रनको चुनौती दिएको थियो ।
Facebook Comments Box


