
झापा, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ जम्मा भएको छ ।
आठ वर्षअघि संघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा उक्त रकम जम्मा भएको हो । विभिन्न दाताहरुको सहयोगबाट कोषमा एक करोड पुगेको छ । कोषमा दान गर्ने दाताहरुलाई आज एक विशेष समारोहका बीच महासंघ झापा शाखाले सम्मान गर्दैछ ।
दानकताहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्मान–पत्र प्रदान गर्नेछन् । सोही अवसरमा स्तरोन्नति गरेको महासंघको भवनको उद्घाटन समेत गरिने भएको छ । पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो ।
Facebook Comments Box


