
झापा, ९ बैशाख । आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनल शनिबार राति भएको खेलमा घरेलु टोली वुल्भ्सलाई २–० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा थप १ गोल गर्यो। यो जितसँगै आर्सनलले ३३ खेलबाट ७४ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ र लिभरपुलको ७१ अंक छन्। शनिबार रातिकै अर्को प्रतिस्पर्धामा ब्रेन्टफर्डदे लुटनलाई ५–१ ले र अर्को खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई ४–१ ले हराएका छन्।
Facebook Comments Box


