
झापा, ९ बैशाख । झापाको अर्जुनधाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका–५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागुऔषध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट र लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाइ नगरपालिका–८ बाँङ्गेडाँगीका ३१ वर्षीय रविन चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीलाई देख्ने बित्तिकै अर्जुनधारा–४ का २७ वर्षीय बिमल राई फरार भएका थिए भने चौधरीले कालो प्लाष्टिकले पोका भित्रबाट सेतो प्लाष्टिकको पोका प्याक गरेको अवस्थामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ हातमा बोकी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त पदार्थको तौल गर्दा प्लाष्टिकसहित ४४ ग्राम ४५० मिलिग्राम फेला परेपछि उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी राखिएको छ । फरार बिमल राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


