
झापा, १० बैशाख । लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लीला चिमरिया निर्वाचित भएका छन् ।
कनकाई नगरपालिका निवासी युवा व्यवसायी चिमरिया विराटनगरमा सम्पन्न निर्वाचनबाट चिमरिया लायन्सको सेकेण्ड गभर्नर सन् २०२४÷०२५ का लागि निर्वाचित भएका हुन् । १४७ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
उनका प्रतिष्पर्धी मोरङ उर्लावारीका कोमल शाक्यले ३९ मत प्राप्त गरेका थिए । मतदान कार्यक्रममा १८७ जनाले मतदान गरेका थिए भने १ मत बदर भएको थियो । सन् २००८ मा सुरुङ्गा जेसीजको स्थापना गरेका चिमरिया सहारा सर्पदंश उपचार केन्द्रका अध्यक्षसमेत हुन् ।
Facebook Comments Box


