
झापा, १५ जेठ । सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।
आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराउनुभएको हो । उहाँले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो ।
त्यस्तै, आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाखलाई रोजगारी
कृषिमा लगानी दशक घोषणा
आउँदो वर्ष आर्थिक सुधारको वर्ष घोषणा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा
५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा
विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने
कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट दिने घोषणा आदि।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



