
झापा, २१ साउन । सरकारले जीटूजीमार्फत् ११ हजार ९०१ जना वैदेशिक रोजगारीमा पठाएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा सरकारले ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको हो । सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र यूके पठाउँदै आएको छ ।
सरकारी तर्फबाट जानेहरु १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् । २३८ जना इजरायल, ४१ जना बेलायत र ११ हजार ६२२ जना कोरिया गएका हुन् । गत आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिएर ९५ हजार ३८ जना वैदेशिक रोजगारीमा गएका छन् । भने मेनपावर व्यवसायी मार्फत तीन लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधिमा दुई लाख ८१ हजार १९५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



