
झापा, २५ साउन । आज पहेँलो धातु सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० ले बद्धि भई एक हजार सात सय ३० निर्धारण भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



