
झापा, २८ साउन । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रू एक करोड ३६ लाख ४१ हजार नौ सय ७६ राजश्व संकलन गरेको छ ।
कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू एक करोड २४ लाख ३८ हजार छ सय ४४ र प्रदेश सेवा शुल्क वापत रू ११ लाख ७६ हजार तीन सय ३२ राजश्व संकलन गरेको हो ।
झापामा गत वर्ष आवमा निजी तथा सामुदायिक वनले विभिन्न जातका चार लाख ५३ हजार सात सय ५२ क्युविक फिट काठ बिक्री गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
जिल्लामा निजी वनतर्फ तीन लाख ११ हजार आठ सय ६७ क्युविक फिट र सामुदायिक वनतर्फ एक लाख ४१ हजार आठ सय ८५ क्युविक फिट काठ बिक्री भएको उहाँले बताउनुभयो । त्यस्तै, मुद्दा, बेवारिसे तथा सडकमा फेला परेका दुई हजार पाँच सय ७१ क्युविक फिट काठसमेत बिक्री गरिएको छ ।
यस्तै, निजी वनबाट दाउरा एक हजार १४ चट्टा र सामुदायिक वनबाट तीन सय नौ चट्टा काठ बिक्री भएको छ ।
झापामा १८ हजार ६५ हेक्टर वन क्षेत्र रहेको छ । जसमा १५ हजार आठ सय ३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन एक (सय १३ दशमलव ६ हेक्टर), चार सय ३७ वटा निजी वन (चार सय १२ दशमलव ०८ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (दुई हजार आठ सय ५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) रहेको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



