
शिवसताक्षी, ३० साउन । झापा शिवसताक्षीको दूधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सहकारीले वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा आ.व. २०८१ ÷०८२ का लागि नीति तथा कार्यक्रम तयार गर्नका लागि पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक साधारण सभाको तयारी हुँदै गरेको जानकारी दिए ।
उनले आगामी साधारण सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बार्षिका कार्यायोजना निर्माणका लागि समुदायको अपेक्षा र सहकारीले गर्ने नयाँ कस्ता कस्ता कार्यक्रमहरु ल्याउँदा सदस्यहरुलाई आगामी दिनमा सदस्यहरुको आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।
अन्तरक्रियामा युवा लक्षित कार्यक्रम, विद्युत वाइरिङ्ग, पल्मिङ्ग सिटिइभीटीबाट मान्यता प्राप्त प्रमाण पत्र दिइने गरी ट्रेनिङ्ग चलाउनु पर्ने, जसका कारण भोलिका दिनमा नेपाल वा बैदेशिक रोजगारीका क्रममा पनि आफुले लिइएको सीप काम लाग्ने सहभागीहरुको सुझाब थियो । त्यस्तै जोखिम कर्जालाई केही सहजीकरण गरेर उठाउनु पर्ने, वित्तीय संकट परेका बेला खर्चमा मितव्यता अपनाउनु पर्ने, समस्या आएका ऋणीहरुलाई थोरै भएपनि पुनः कम व्याजमा ऋण दिने व्यवस्था मिलाई उसलाई फेरी व्यापारमा फर्काउने कोशिस गर्ने गरी काम गरौं भन्ने सुझाब संकलन भएको व्यवस्थापक पोख्रेलले जानकारी दिए ।
अन्तरक्रियामा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले संस्थाले गएको दुई वर्ष वित्तीय संकट देशै भरी आएकाले ठूलो लक्ष्य राखेर काम नगरेको जानकारी दिए । उनले संस्थाले धेरै मितव्ययिता अपनाएर कार्यक्रमहरु गर्र्दै आएको बताउँदैै समग्र संस्थाले गरेको कामहरुको जानकारी गराएका थिए ।
अन्तरक्रियामा डम्बर खड्का, शिवप्रसाद भट्टराई, धनपति बाँस्कोटा, नरपति पाठक लगायतले आफ्ना कुराहरु राखेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रकाश पोख्रेलले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



