बिर्तामोड, ३० साउन । बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाइएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो ।नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनुभयो ।
आनन्दचोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पुर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ ९भ्याटसहित० को लागतमा स्तरोन्नति गरीएको हो । सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिले लागत स्टिमेटकार्य धमाधम भईरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने जानकारी दिनुभयो ।
हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेन सहितको स्तरोन्नति कार्य बाँकी छ । वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरीरहेका स्थानीयलाई राहत मिल्ने बताउनु भयो ।उहाँले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।