
रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ ।
कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । साबुन नभए पानीले मात्रै भए पनि पखाल्नुपर्छ । घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु वा ब्यान्डेजले छोप्नु भने हुँदैन ।
Facebook Comments Box



