
शिवसताक्षी, २९ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा नव जात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ ।
शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमकी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगर भित्र पनि अपाङ्गगता भएका बाललिकाहरु रहेको तर पहिचान नभएका धेरै रहेको बताइन् । करुणा फाउण्डेशन मार्फत गरिएको कार्यक्रमबाट अपाङ्गता भएका बालबालिकाहरुलाई पहिचान गर्न सहज भएको र उनीहरुलाई राज्यले दिने सुविधाहरु बालबालिका सम्म पु¥याउन सकिने समेत जानकारी दिइन् ।
अभिमुखीकरण कार्यक्रम दुई चरण गरेर चार दिन गरिएको करुणा फाउण्डेसन नेपालका पालिका संयोजक सुरेन्द्र गिरीले जानकारी दिए । अपाङ्गता भएका बालबालिकाहरु पहिचानकालाई शिवसताक्षी नगरपालिका भित्रका स्वास्थ्य कर्मीहरुलाई सहभागी गराई अभिमुखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखीकरणमा डा. नविन उराउले सहजीकरण गरेका थिए ।
अभिमूखीकरण शिवसताक्षी नगरपालिका, करुणा फाउण्डेसन र सामाजिक विकास मन्त्रालयको साझोदारीमा भएको थियो भने कार्यक्रम सञ्चालन शिवसताक्षी नगरपालिका फोकल पर्सन निर्मला सिग्देलले गरेकी थिइन् ।



