
दमक, ६ मंसिर । झापाको दमक नगरपालिका–५ मा रहेको एक वटा पाउरोटी उद्योगलाई स्थानीय खाद्य टिमले शिल गरेको छ ।
दमक नगरपालिकाको खाद्य टोली र झापा जिल्ला खाद्य निरीक्षण समूहले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त उद्योगले दर्ता बिना सञ्चालन गर्दै आएको र पाउरोटी उत्पादनमा उत्पादन मिति, समाप्ति मिति, उद्योगको नाम र ठेगाना उल्लेख नगरेको पाइएको थियो ।
साथै, उत्पादनमा अखाद्य रङ मिसाएर पाउरोटी तयार पारिएको पुष्टि भएपछि उत्पादनलाई जफत गरी फोहोरमैला केन्द्रमा डिस्पोज गरिएको छ। सोही क्रममा उद्योगलाई शील गरिएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



