
झापा, २४ पुस । झापामा गैंडाको खाग र लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
बुधबार दिउँसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ काकडभिट्टाबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले एउटा गेस्ट हाउसको कोठा नम्बर १०२ बाट भारतको पश्चिम बंगालका नारायण रामधामललाई पक्राउ गरेको हो।
उनले लागुऔषध ल्याएर राखेको भन्ने सूचना प्रहरी पाएको थियो। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट टोली खटिएको थियो। उक्त टोलीले कोठाभित्रबाट १८.६ इन्चको गोलाइ, ८.६ इन्चको उचाइ र एक किलो ७०० ग्रामको गैंडाको खाग बरामद गरेको हो। उनीबाट २.८ ग्राम ब्राउन सुगर, १८ पत्ता ट्याबलेट लागुऔषध, मोबाइल फोन र डिजिटल तराजु पनि बरामद भएको हो।
Facebook Comments Box


