
झापा, २९ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
आज मेचीनगर–६ पुरानो मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउदैं गरेका शिवसताक्षी नगरपालिका–८ का ३० वर्षीय आशिक राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम ८२० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम) फेला परेकाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


