
हल्दिबारी, ९ माघ । झापाका दुई पालिकाका पत्रकारको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ ।
हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको संयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विगठन गर्दै नयाँ क्लब गठन गरेको हो । हल्दिबारी गाउँपालिका–२ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन गठन गरिएको हो ।
नव गठित क्लबको कार्यसमितिको अध्यक्षमा नेत्रबिक्रम बिमली, उपाध्यक्षमा अभिषेख धमला, महासचिवमा हैकम घिसिङ, सचिव मनोज तिवारी, कोषाध्यक्षमा शान्ता उप्रेती रहेका छन् । क्लबको सदस्यमा जनक राजवंशी, टिकारम बाँस्तोला, राजेश आचार्य र असफाक आलम रहेका छन् ।
सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी, सुरेन्द्र भण्डारी र याम दंगाल रहनेका छन् । त्यस्तै, लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनालीलाई चयन गरिएको छ ।


