
शिवसताक्षी, १९ माघ । झापाको कमल गाउँपालिकामा जारी अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचाल्यो छ । आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो ।
शिवसताक्षीका तर्फबाट सचिन श्रेष्ठ, उमेश दनुवारले एक एक गोल लगाएका थिए भने, एउटा कमल गाउँपालिकाले आत्मघाती गोल लगाएको थियो ।
खेलको म्यान अफदी म्याच शिवसताक्षीका उमेस दनुवार घोषित भए । त्यस्तै सर्वोकृष्ट डिफेन्टर कमल गाउँपालिकाका विदुर लिम्बु, सर्वोकृष्ट मिटफिल्डर, कमल गाउँपालिकाका सुरज आङ्देम्बे, सर्वाधिक गोलकर्ता शिवसताक्षीका सचिन श्रेष्ठ, सर्वोकृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक घोषित भएको आयोजक कमल गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेता शिवसताक्षीले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्राप्त गरेको छ, भने उपविजेता कमल गाउँपालिकाले नगद ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने र शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले नगद, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । विजेता बने सँगै आगामी वर्षको अन्तरपालिका फुटबल प्रतियोगिता शिवसताक्षी नगरपालिकाले आयोजना गर्ने बताइएको छ । प्रतियोगितामा झापा १५ वटै पालिकाको सहभागिता रहेको थियो भने, कमल गाउँपालिकाको गुहेश्वरी आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।


