
झापा, २१ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बसपार्क हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको एक्साइड कम्पनीको व्याट्री थान ४, इन्भटर थान ३ गरी जम्मा करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
Facebook Comments Box


