
झापा, २१ माघ । झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २० गते झापाको झापा गाउँपालिका–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल यात्री कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल, ३८ वर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
मोरङको बिराटनगर–१७ स्थितबाट बा ८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार रहेका सुनसरी धरानका २८ वर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ वर्षीय दिपक लिम्बूलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


