
बिर्तामोड, २० बैशाख । पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका दुई जना प्रजातान्त्रिक योद्धा सम्मानित हुनुभएको छ ।
्
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानित हुनुभएको हो । दम्पति याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेलाई संयुक्त रुपमा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य, प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेत लगायतले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा भण्डारी र भुर्तेलले चरमयातनासहित जेल जीवन भोग्नु परेको थियो ।
कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले गर्नुभएको थियो भने सम्मानित व्यक्तित्वको परिचयमाथि प्रकाश प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले पार्नुभएको थियो ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधान सभा सदस्य सुधिर शिवाकोटी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्य गर्नुभएको थियो ।


