
झापा, २० जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाएको थियो । निर्धारित ५० ओभरको खेलमा ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाएर २९० रन बनाएको थियो । ६ बलमा ७ रन ल्याउँदा बाँकी रहँदा अन्तिम ५० औं ओभरको पहिलो बलमै मार्क वाटले जर्ज मुन्सीको हातबाट सन्दीपलाई क्याचआउट गरे ।
त्यसपछि अन्तिम विकेट रिजन ढकाल क्रिजमा आए । स्ट्राइक उनकै थियो । वाटले वाइड बल फ्याँके। दोस्रो बलमा रिजनले रन लिनै सकेनन्। तर तेस्रो बल उनले खेर जान दिएनन्। करणले स्ट्राइक पाए । चौथो बलमा २ रन लिए। पाँचौँ बलमा पनि २ रन बटुले। खेल टाई भयो। त्यसपछि बल वाइड हुँदा नेपाल विजयी भयो ।


